८ असार २०८३, सोमबार
Follow Us

बजेट नै नल्याई कार्यवाहक मेयर सुनिता डङ्गोल इजरायलतिर

नेपालब्रिटेन संवाददाता
४ असार २०८३, बिहीबार ०६:३३

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोल इजरायल जान लागेकी छन् । आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट पारित नभएको अवस्था र चालु आर्थिक वर्षको अन्तमा सम्पन्न गर्नुपर्ने अन्य धेरै प्रशासनिक कार्य त्यत्तिकै छाडेर उनी इजरायल जान लागेकी हुन् ।

आज बजेटमाथि हतार-हतार छलफल गरेर एक साताभित्र पारित गर्ने कार्ययोजना छ । अन्य काम लथालिङ्ग छाडेर इजरायल जान लागेको बारे एकजना वडाध्यक्षले भने, ‘वडा नम्बर ३ र १७ लगायतका वडाध्यक्षहरु जाँदैछन् । आफैँले हवाइ टिकटको पैसा तिरेर जाने भनिएको छ ।’

धेरै पढिएको