८ असार २०८३, सोमबार
Follow Us

सडकमा धरपकड भएको भन्दै सरकारविरुद्ध दृष्टिविहीन आन्दोलित

नेपालब्रिटेन संवाददाता
८ असार २०८३, सोमबार ०६:०८

काठमाडौँ । सडकपेटीमा आश्रित दृष्टिविहिनहरुमाथि समेत बलपूर्वक हटाउने र जब्बरजस्ती धरपकड गरेपछि सरकारविरुद्ध उनीहरूले पनि प्रदर्शन सुरु गरेका छन् ।

सोमवार काठमाडौँको माइतीघर मण्डलामा उनीहरूले वर्तमान सरकारले सडकपेटीमा समेत गरिखान नदिएको भन्दै बलपूर्ण धरपकड र जब्बरजस्ती विरुद्ध धर्ना दिन सुरु गरेका हुन् ।

वर्तमान सरकारले, सडकपेटी, मठमन्दिर, चोकलगायतका क्षेत्रमा बसेर गरिखान समेत नदिने, उल्टै नगर प्रहरीले आएर धरपकड गर्ने, जब्बरजस्ती गर्ने गरेपछि आफूहरूले त्यसको विरुद्धमा धर्नालगायतका आन्दोलनको कार्यक्रम सुरु गर्न बाध्य हुनु परेको सडकपेटी केन्द्रित स्वरोजगारमूलक दृष्टिबिहिन व्यवसायीहरूको समूहका संयोजक सुदीप ओलीले बताए ।

उनले सरकारले आफूहरूलाई विना विकल्प सडकमा समेत गरिखान नदिएको भन्दै आक्रोश व्यक्त गरे । दृष्टिविहिनहरुले सरकारसँग आफूहरूलाई बाँच्नका लागि मासिक २० हजारका दरले भत्ताको व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन् ।

धेरै पढिएको