१२ असार २०८३, शुक्रबार
Follow Us

रास्वपाको महामन्त्रीमा ८ जनाको उम्मेदवारी

नेपालब्रिटेन संवाददाता
१२ असार २०८३, शुक्रबार ०५:५८

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदमा ८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

चितवनमा जारी प्रथम महाधिवेशन अन्तरगतको दोस्रो चरणको पदाधिकारी निर्वाचनको अन्तिम नामावली सार्वजनिक हुँदा महामन्त्रीमा प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, मनिष झा, रञ्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिन कुमार आचार्यले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।

रास्वपामा एक मात्र महामन्त्री निर्वाचनबाट छानिने व्यवस्था छ । त्यसमा १० जनाले उम्मेदवारी दिएका थिए । दुई जनाले फिर्ता लिएपछि अझै ८ जना मैदानमा छन् ।

सहमहामन्त्रीका उम्मेदवारहरू भने कोही पनि फिर्ता हुन चाहेनन् । ३ सहमहामन्त्रीका लागि १६ जना प्रतिस्पर्धामा छन् ।

धेरै पढिएको