१९ असार २०८३, शुक्रबार
Follow Us

कांग्रेसका विशेष महाधिवेशनवालाहरू चटके हुन्ः मोहन बस्नेत

नेपालब्रिटेन संवाददाता
१९ असार २०८३, शुक्रबार १२:१०

काठमाडौं । कांग्रेसका संस्थापन इतर समूहका नेता मोहनबहादुर बस्नेतले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई चटके भन्दै टिप्पणी गरेका छन ।

आज (शुक्रबार) संस्थापन इतर समूहका नेता पूर्णबहादुर खड्काको निवासमा बसेको उक्त समूहको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस बस्नेतले यस्तो बताएका हुन ।

उनले विशेष महाधिवेशनबाट आएको नेतृत्वले विवाद समाधानका लागि कुनै पहल नगरेको पनि बताएका छन । कांग्रेसको १५ औं महाधिवेशनमा सबै सहभागी हुने विषयमा के कुराले अड्काइरहेको छ ? भन्ने प्रश्नमा उनले भने, ‘जो अहिले विशेष महाधिवेशनबाट सहभागी हुनु भएको छ ।

सबै कुरा उहाँको हातमा छ । उहाँहरू चटके हो । खराब औषधि विक्री गर्न रत्नपार्कका चटकेहरूले केके बोल्छन् नि त्यस्तै हो ।’ उनले सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मालाई लक्षित गरेर इतर समूहका नेताहरूलाई भेट्दै नभेटी आफ्नो हिसाबले बाहिर प्रचार गर्ने काम गरिरहेको टिप्पणी गरेका छन ।

कांग्रेस नेता बस्नेतले भने, ‘नेताहरूसँग आएर एउटा भन्नुहुन्छ बाहिर अर्को भन्नुहुन्छ,’ गगन–विश्वलाई लक्षित गर्दै भने, ‘त्यो भन्दा पनि अर्को कुरा उहाँहरूले भेटेकै हुन्न । भेटेर आएको भन्नुनुहुन्,छ हल्ला गर्नुहुन्छ, प्रचार गर्नुहुन्छ ।

लेखाइदिनुहुन्छ । यसरी नै चल्छ भन्ने ठान्नु भएको छ। यो समस्या समाधानको उपाए होइन ।’ बस्नेतले लामो समयदेखि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग गगन–विश्वले भेट नगरेको पनि बताएका छन ।

धेरै पढिएको