काठमाडौँ — आर्थिक वर्ष २०८२र८३ मा १२ लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्।
नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यो अवधिमा कुल १२ लाख ९ हजार ३५७ जना विदेशी पर्यटक नेपाल भित्रिएका हुन्।
भ्रमण गर्नेहरूमा सबैभन्दा ठूलो हिस्सा छिमेकी मुलुक भारतको छ। कुल आगमनको करिब २५।७६ प्रतिशत अर्थात् ३ लाख ११ हजार ५३१ जना पर्यटक भारतबाट मात्रै आएका हुन्।
भारतपछि अमेरिकाबाट १ लाख ११ हजार ३२५ र चीनबाट १ लाख ९ हजार ८९२ जना पर्यटक नेपाल आएका छन्, जसले नेपालको पर्यटनमा अमेरिका र चीनलाई क्रमशः दोस्रो र तेस्रो ठूलो स्रोत बजारका रूपमा स्थापित गरेको छ।
त्यस्तै, बंगलादेश ९५८,१६३०, बेलायत ९५६,६४९०, अस्ट्रेलिया ९५३,१९५०, श्रीलंका ९४३,२११० र भुटान ९३६,२८९० बाट पनि उल्लेखनीय संख्यामा पर्यटक भित्रिएका छन्। यसबाहेक म्यानमार, जर्मनी, थाइल्यान्ड, जापान र मलेसियाबाट आउनेको संख्या पनि २५ हजारभन्दा माथि छ।
तथ्याङ्कअनुसार पर्यटकीय सिजन मानिने कात्तिक ९अक्टोबररनोभेम्बर० मा सबैभन्दा बढी १ लाख २४ हजार ८२९ जना पर्यटक नेपाल आए। यस्तै, चैतमा १ लाख १९ हजार, फागुनमा १ लाख १४ हजार र असोजमा १ लाख ११ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिएका थिए।
सरकारले सन् २०२७ लाई ‘आरोग्य पर्यटन वर्ष’ का रूपमा मनाउने घोषणा गरिसकेकाले चालु वर्षमा पर्यटक आगमन अझै बढ्ने अपेक्षा गरिएको छ।