मुम्बई, १३ साउन । बलिउड अभिनेत्री मृणाल ठाकुर आफ्नो व्यक्तिगत जीवनलाई लिएर पुनः चर्चामा छिन्। यसपटक उनको नाम भारतीय क्रिकेटर यशस्वी जैसवालसँग जोडिएको छ, जो उनीभन्दा करिब नौ वर्ष कान्छा छन्। हालै उनीहरू सँगै देखिएका थिए र उनीहरूको भेटको भिडियो सामाजिक सञ्जालमा तीव्र गतिमा भाइरल भयो।
भिडियो सार्वजनिक हुनासाथ उनीहरू डेटिङ गरिरहेको बारे अड्कलबाजीले तीव्रता पायो। यद्यपि, मृणाल ठाकुर वा यशस्वी जैसवाल कसैले पनि यी हल्लाहरूबारे अहिलेसम्म कुनै आधिकारिक बयान दिएका छैनन्।
३३ वर्षीया मृणाल ठाकुर हालै मुम्बईको बान्द्रास्थित एक लोकप्रिय क्याफेमा देखिएकी थिइन्। उनीसँगै २४ वर्षीय क्रिकेटर यशस्वी जैसवाल पनि देखिएका थिए। उनीहरू एउटै ठाउँमा सँगै देखिए पछि सामाजिक सञ्जालमा उनीहरूका भिडियोहरू भाइरल हुन थाले। यद्यपि, क्याफेबाट निस्कने क्रममा भने यशस्वी एक्लै देखिएका थिइन, उनले कारमा चढेर जानु अघि बाहिर उपस्थित पापाराजीलाई अभिवादन गरेकी थिइन्।
समाचारहरूका अनुसार उनीहरू बीचको भेटघाट सामान्य प्रकृतिको थियो। यद्यपि, उनीहरूलाई सँगै देखेपछि सामाजिक सञ्जालमा विभिन्न अड्कलबाजीहरू सुरु भए। कतिपय प्रयोगकर्ताले यसलाई डेटिङको चर्चासँग जोडे भने अरूले भने उनीहरू कुनै विज्ञापनको छायाङ्कनका लागि भेटेको अनुमान गरेका पनि छन् ।
यसैबीच, धेरै मानिसहरूले उनीहरू बीचको उमेरको अन्तरलाई लिएर ठट्टा पनि गरे। सामाजिक सञ्जालमा यस भेटघाटलाई लिएर मानिसहरूले विभिन्न प्रतिक्रिया जनाए। एक प्रयोगकर्ताले ठट्टा गर्दै लेखे कि मृणाल ठाकुर र यशस्वी जैसवालबीच एउटा मात्र सम्बन्ध हुन सक्छ—जसमा उनले ती क्रिकेटरलाई धर्मपुत्रका रूपमा अपनाउँछिन्।
मृणाल ठाकुरको नाम कसैसँग जोडिएको यो पहिलो पटक होइन। यसअघि उनको नाम धनुषसँग पनि जोडिएको थियो तर स्रोतहरूका अनुसार त्यो खबर पनि गलत थियो। हाल उनीहरूको ब्रेकअप भइसकेको छ ।