१ भाद्र २०८३, सोमबार
Follow Us

भदौ १० गते प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, बढीमा १५ प्रश्न समावेश हुने

नेपालब्रिटेन संवाददाता
१ भाद्र २०८३, सोमबार १५:४६

काठमाडौँ । प्रतिनिधि सभाको भदौ १० गते बस्ने बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ।

सभामुख डोलप्रसाद अर्यालले सोमबारको बैठकमा प्रतिनिधि सभा नियमावली, २०८३ को परिच्छेद-९ अनुसार उक्त दिन प्रश्नोत्तरको समय निर्धारण गरिएको जानकारी दिएका हुन्।

प्रश्नोत्तर कार्यक्रममा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलबाट कम्तीमा एक सांसदको प्रश्न समावेश गरिनेछ। बाँकी प्रश्न दलहरूको सांसद सङ्ख्याका आधारमा विभाजन गरिने सभामुख अर्यालले बताए।

प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरमा बढीमा १५ प्रश्न समावेश गर्न सकिने व्यवस्था मिलाइएको छ।

कार्यक्रममा सहभागी हुन चाहने सांसदले भदौ ५ गते शुक्रबार दिउँसो १ बजेभित्र प्रतिनिधि सभाका सचिवसमक्ष आफ्ना प्रश्न लिखित रूपमा बुझाउनुपर्नेछ।

धेरै पढिएको