२ भाद्र २०८३, मंगलवार
Follow Us

सरकार र सभामुख प्रति आशिका तामाङ आक्रोशित

नेपालब्रिटेन संवाददाता
२ भाद्र २०८३, मंगलवार ०६:२७

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङ आफ्नै पार्टीको सरकार र सभामुख डोलप्रसाद अर्यालसँग आक्रोशित भएकी छिन । 

हिजोको प्रतिनिधिसभा बैठकमा सभामुख अर्यालसँग नोकझोक गरेकी सांसद तामाङले ‘मर्यादामा बस्नुहोस्’ भन्ने अभिब्यक्तिलाई लिएर उनी सरकारसँग पनि आक्रोशित भएकी हुन्। 

‘सभामुख ज्यु भन्नुहुन्छ ‘मर्यादामा बस्नुस्’ ३७ दिनसम्म मैले राखेको धैर्यता र सहनशीलता चाहिँ मर्यादा भित्र पर्दैन र ? पीडितको श्रीमती र बुवा लिएर कहिले मन्त्रालय, कहिले प्रधानमन्त्रीको सचिवालय को, कहिले काउन्सलर कहाँ चाहिँ पुगिन म त्यो ३७ दिनभित्र ?’ उनले सामाजिक सञ्जालमार्फत आक्रोश पोख्दै भनेकी छिन, ‘मर्यादा’ भनेको सभामुखज्यूले जे भन्नू हुन्छ हस भनेर टाउको हल्लाएर बस्नु मेरो लागि कदापि स्वीकार्य हुने छैन । हिजो प्रतिपक्षले बिना कारण सभामुखज्यूलाई आलोचना गर्दा सबैभन्दा अगाडि नियम आपत्ति गर्ने पनि मै थिए भने आज जनताको मुद्दाको उपर काम ढिला सुस्ती हुँदा सदनमा सभामुखज्यु मार्फत जबाफ मात्र त खोजेको हु, सरकार भनेको जनताको हरेक मुद्दाको जवाफदेहिता हुनु पर्छ ।’

उनले हिजो पनि ३७ दिन देखी कम्बोडियामा रहेका सन्तोष राईको शब ल्याउन कठिनाइ भएको र सरकारले सहयोग नगरेको भन्दै उनले सदनमा आवाज उठाएकी हुन् । उनले जवाफ नपाउन्जेलसम्म उभिएर बिरोध जनाए पछि सभामुख अर्यालले तीन भित्र सरकारलाई जवाफ दिन निर्देशन भने दिएका थिए ।  

धेरै पढिएको