६ भाद्र २०८३, शनिबार
Follow Us

प्रधानमन्त्री शाह मुस्ताङतर्फ, मुक्तिनाथको दर्शन गर्ने

नेपालब्रिटेन संवाददाता
६ भाद्र २०८३, शनिबार ०६:४३

गण्डकी । परिवारका सदस्यसहित निजी भ्रमणमा शुक्रबार पोखरा आउनुभएका प्रधानमन्त्री वालेन्द्र शाह आज मुस्ताङतर्फ प्रस्थान गरेका छन् ।

कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङका अनुसार प्रधानमन्त्री शाह स्थलमार्गबाट मुस्ताङ प्रस्थान गरेका हुन्। प्रधानमन्त्रीको भ्रमणको पूर्ण विवरण आफूलाई ज्ञात नभएको उनले बताए।

मुस्ताङमा प्रधानमन्त्रीले मुक्तिनाथको दर्शन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

धेरै पढिएको