२५ आश्विन २०८३, आईतवार
Follow Us

साउदी अरबको विमानस्थलमा मिसाइल आक्रमण, कम्तीमा १२ जनाको मृत्यु, सयौँ घाइते

नेपालब्रिटेन संवाददाता
२४ आश्विन २०८३, शनिबार २२:०२

रियाद । साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको मिसाइल आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन्। अधिकारीहरूका अनुसार विमानस्थललाई लक्षित गरी आक्रमण गरिएको हो।

यमनमा इरान समर्थित हुथी विद्रोहीविरुद्ध साउदी नेतृत्वको गठबन्धनले ठूलो सैन्य कारबाही सुरु गरेपछि यस साता विमानस्थल निशानामा परेको बताइएको छ।

मिसाइल आक्रमणको खबर सार्वजनिक भएपछि बेलायती नागरिकलाई विमानस्थल नजान आग्रह गरिएको थियो। रियादस्थित बेलायती दूतावासले घटनालाई ‘गम्भीर घटना’ भन्दै आफ्ना नागरिकलाई सतर्क रहन सुझाव दिएको थियो। अमेरिकी दूतावासले पनि आफ्ना नागरिकलाई विमानस्थल क्षेत्रबाट टाढा रहन आग्रह गरेको थियो।

क्षेत्रीय अधिकारीहरूका अनुसार शनिबार विमानस्थलमा पुनः आक्रमण भएपछि त्यसलाई खाली गराइएको थियो।

यसअघि भएको अर्को आक्रमणमा एक पाइलटसहित तीन जना साउदी नागरिकको मृत्यु भएको बताइएको छ।

धेरै पढिएको