२९ आश्विन २०८३, बिहीबार
Follow Us

गुल्मीको मालिकामा देवरद्वारा भाउजूको हत्या

नेपालब्रिटेन संवाददाता
२९ आश्विन २०८३, बिहीबार ०६:४२

रेसुङ्गा (गुल्मी) । गुल्मीको मालिकामा देवरले भाउजूको हत्या गरेको प्रहरीले जनाएको छ । मालिका गाउँपालिका–२, दर्लिङको खोलाखर्कका ४६ वर्षीय बलबहादुर खत्रीले ४२ वर्षीया लिला खत्रीको हत्या गरेको आरोप छ ।

गत असोज २५ गते मादक पदार्थ सेवन गरेका बलबहादुरले भाउजू लिलालाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए ।

लुम्बिनी मेडिकल कलेज, प्रभास, पाल्पामा उपचार गराएर घर फर्किने क्रममा प्रहरीले शंका लागेपछि लिलालाई गुल्मी अस्पताल पुर्‍याएको थियो । अस्पतालमा जाँच गर्ने क्रममा उनको मृत्यु भएको पाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।

प्रहरीले आरोपित बलबहादुरलाई नियन्त्रणमा लिएर कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ । लीलाको शव गुल्मी अस्पतालमा पोस्टमार्टम गरी परिवारलाई बुझाइएको प्रहरी नायब उपरीक्षक विश्वकर्माले बताए ।

धेरै पढिएको