१८ बैशाख २०८१, मंगलवार
Follow Us

अमेरिकी राष्ट्रपति ट्रम्प एक दिमाग खराब भएको गुण्डा !

नेपालब्रिटेन डट कम्
७ आश्विन २०७४, शनिबार ०८:४१

लन्डन । अमेरिका र उत्तर कोरियाबीचको वाकयुद्ध झनै बढेको दर्शाउँदै उत्तर कोरियाका नेता किम जोन उनले अमेरिकी राष्ट्रपति ट्रम्प एक दिमाग खराब भएको गुण्डा भनेका छन् ।
दुर्लभ ठानिने व्यक्तिगत वक्तव्य दिंदै उत्तर कोरियाली नेताले ट्रम्पका हालैका बयानबाजीले उनको देश सही पथमा रहेकोबारे उनी झन विश्वस्त भएको पनि दाबी गरेका छन् । उनले परमाणु कार्यक्रमलाई संकेत गर्दै त्यसो भनेको ठानिएको छ ।
यसै साताको शुरुमा ट्रम्पले राष्ट्रसंघको महासभामा बोल्दै यदी अमेरिका आफूलाई रक्षा गर्न वाध्य पारिए उसले उत्तर कोरियालाई पूर्ण रुपमा नष्ट गरिदिने चेतावनी दिएका थिए । बिहीबार ट्रम्पले प्योङयाङ विरुद्धका आर्थिक प्रतिबन्ध थप कडा बनाएका थिए ।