३१ बैशाख २०८१, सोमबार
Follow Us

चिनियाँ विमान चालक विमानबाटै विश्व यात्रामा

नेपालब्रिटेन डट कम्
२४ श्रावण २०७३, सोमबार ०५:४१

बेइजिङ । चिनियाँ विमान चालक एक जना सहयोगीका साथमा विमानद्वारा गरिने चीनको पहिलो विश्व यात्राका लागि राजधानी बेइजिङबाट आइतबार छुट्नुभएको छ ।
एक इन्जिन भएको टर्बोप्रप टीएमबी ७०० विमानलाई लिएर ५० वर्षीय विमान चालक झाङ बो ५८ दिन लामो यात्राका लागि निस्किनुभएको हो ।
उहाँले रसिया, संयुक्त राज्य अमेरिका, क्यानाडा, आइसल्यान्ड र संयुक्त अधिराज्य (बेलायत) गरी विभिन्न २० देशका ५० स्थलमा अवतरण गरी प्राचीन समयमा व्यापारका लागि प्रयोग गरिने गरिएको सिल्क रोडको बाटोलाई प्रयाग गर्नुहुनेछ ।