लन्डन । गैरआवासीय नेपाली सँघको नयाँ शाखामा ब्राजिलमा स्थापना भएको छ । गतहप्ता सम्पन्न एक भेलाले गणेश प्रसाद गुरुङको अध्यक्षमा नयाँ समिति गठन गरेको पछि ब्राजिल सँघको ७४ औं शाखाको रुपमा राष्ट्रिय समिति बनेको हो । भेलाले उपाध्यक्षमा सिला गुरुङ, महासचिव होम बहादुर गुरुङ, सचिब नवराज रेग्मी, कोषाध्यक्षमा सहस चौधरी, प्रबक्ता सन्देश लामिछाने, महिला संयोजक दिपिक्षा कार्की, युवा संयोजक शंकर बास्कोटा, महिला सहसंयोजक मिन कुमारी गुरुङ, युवा सहसंयोजक जीवन गुरुङ, सदस्यहरु बिक्रम गुरुङ, धन बहादुर गुरुङ, देवराज भट्टराई, सिजन गुरुङ र इन्द्र गुरुङ चयन गरेको छ । सल्लाहाकारमा चन्द्र गुरुङ, अमिर आले मनोनयन भएका छन् ।