१५ चैत्र २०८०, बिहीबार
Follow Us

दौलत राई सोलोदेखि पार्श्व गायनसम्म

नेपालब्रिटेन डट कम्
२७ श्रावण २०७३, बिहीबार १६:१५

काठमाडौँ-  नेपाली सुगम संगीतमा चर्चाको शिखरमा पाइला टेक्दै गरेका गायक दौलत राइले आफ्नै दुइवटा एल्बम र दर्जनौ कलेक्सन-एल्बमहरु मार्फत आफ्नो जादुमय आवाजले दर्शक श्रोता हरुको मन जित्न सफल भएका छन । करिब तिन दर्जन भन्दा बेसी गीतहरुमा आफ्नो आवाज भरिसकेका दौलत हर किसिमका गितहरु गाउने क्षमता राख्छन । पछिल्लो समय उनको माग नेपाली चलचित्रको पार्श्व गायनमा पनि बढ्दो छ । सानै उमेर देखि गित संगीतका पारखी दौलतले नेपालमा मात्र नभएर देश बिदेशमा समेत चर्चा कमाई सकेका छन । उनको पछिल्लो एल्बम “लव यु अल” को चर्चा संगै गायक दौलतको माग नेपाली सांगीतिक बजारमा बढेको हो । “लव यु अल एल्बममा उत्कृष्ट छ वटा गितहरु समाबेश गरिएको थियो जसमा आइ लव यू, हरपल आउँछ याद, शिकारी झैं फनफन, किन रोप्नु पर्यो छुरा, जोरै बिट्टे माला लगायतका गीतहरु समावेश गरिएका थिए । जसमा सुमन कार्की, रामनाथ घिमिरे, रञ्जना राई, लोकराज अधिकारी,  टीका चामलिङको शब्द रचना रहेको थियो भने देवेन्द्र राई, जशीहाङ राई र बसन्त सापकोटा लगायतको संगीत रहेको थियो । “लव यु अल” एल्बममा गायक दौलतलाई गायिका मिलन अमात्यले स्वरमा साथ दिएकी थिइन ।
गायक दौलत राइ द्वारा स्वर बद्द भएका केहि चलचित्रहरु रिलिज भईसकेका र दर्शक श्रोताहरुको मनमा बस्न सफल गायक दौलतको स्वर आबद्द भएका  अन्य चलचित्रहरु पनि आउने क्रम जारि छन । साथै युके निबासी रन्जना राइ, कोरिया निबासी सुनिल दिप्त राइ र पेनुरी शेर्पाको शब्द रचाना भएका गीतहरुमा उनको अहिले व्यस्तता बढेको छ । गित संगीतमा भएको बिकृतिहरु लाइ चिर्दै नेपाली सांगीतिक फाटमा छुट्टै पहिचान स्थापित गराउन प्रयासरत गायक दौलतले अहिलेको ठाउ सम्म आई पुग्न धेरै मेहनत लागनी र परिश्रम गरेका छन । उनि भन्छन गित संगीत मेरो नशा नशामा छ, सांगीतिक फाटमानै आफ्नो जिबन समर्पित गर्न यो क्षेत्रमा लागेको हु, सांगीतिक क्षेत्रमा भनु या अन्य क्षेत्रमा पनि खुट्टा तान्ने प्रवृति मौलाएको छ जसले जे भने पनि गायन कला भनेको सरस्वतीको प्रशाद हो र हरेक जो कोहि मानिसको मन मस्तिष्कमा अनि जन जिब्रोमा झुन्डिएको एक पबित्र  कला हो त्यसैले संगीतको सधानानै मेरो जिबनको लक्ष्य हो । 
– सुर्य चन्द