२१ बैशाख २०८१, शुक्रबार
Follow Us

ललितपुरमा बम बिष्फोट

sarusaru
१७ मंसिर २०७४, आईतवार ०३:००

-चापागाउँ ताहाखेलबाट झन्डै एक किमि दक्षिणतर्फ अज्ञात समूहले राखेको बम विस्फोट भएको छ ।

ताहाखेल बसपार्कमा भइरहेको कांग्रेसको चुनावीसभालाई लक्षित गरी बम बिस्फोट गराइएको हो । महानगरीय प्रहरी परिसर जावलाखेलका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले घटनास्थलतर्फ प्रहरीको टोली परिचालन गरिएको बताए । ‘घटनाको विस्तृत जानकारी आउन बाँकी छ,’ उनले भने, ‘घटनाको थप अनुसन्धान भइरहेको छ ।’

विस्फोटको आवाजले सर्वसाधारण त्रसित भएका छन् । घटनाको कसैले जिम्मा लिएको छैन ।

– कान्तिपुरबाट ।