१९ बैशाख २०८१, बुधबार
Follow Us

कञ्चनपुर ३ बाट लेखक झिनो मतान्तरले पराजित

sarusaru
२६ मंसिर २०७४, मंगलवार ०२:२७

काठमाडौँ । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा कांग्रेस नेता रमेश लेखक २५८ मतले पराजित भएका छन्।

काँग्रेस उम्मेद्वार लेखक एमाले उम्मेद्वार डा दीपक प्रकाश भट्टसँग झिनो मत अन्तरले पराजित भएका हुन्।

विजयी भएका भट्टले २६ हजार ३ सय ६४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी लेखकको पक्षमा २० हजार १०६ मत छ।

त्यस्तै विवेकशील साझा पार्टीका दिपेन्द्र कार्की ३०३ मत प्राप्त गर्दै तेस्रो बनेका छन्।