७ भाद्र २०८२, शनिबार
Follow Us

अमेरिकामा होपको साहित्यिक तथा सम्मान कार्यक्रम सम्पन्न

nepalbritain news
४ पुष २०७४, मंगलवार ०५:४९

अमेरिका । अमेरिकास्थित क्लिवलेण्ड ओहाइयोमा मातृभाषा संरक्षण समूहको लोगो लोकार्पण तथा कविता वाचन कार्यक्रम सम्पन्न भएको छ। उक्त लोकार्पन गरिएको लोगो हेरिसबर्ग निवासी चित्रकार डी बी सारूले तयार पारेका थिए।

डिसेम्बर १६ मा सामाजिक संस्था होपले आयोजना गरेको उक्त कार्यक्रममा नयाँ पुस्तालाई प्रोत्साहन गर्ने उदेश्यले साहित्य सिर्जना पनि प्रस्तुत गरिएको थियो। चन्द्र गुरुङको सभापतित्वमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि डिल्ली अधिकारी रहेका थिए भने गंगा लामिटारे, भक्त घिमिरे लगायतले अतिथिको आसन ग्रहण गरेका थिए।

मातृभाषा संरक्षण समूह भुटानी नेपाली भाषी साहित्यिक सर्जकहरूले सन् २०१४ मा स्थापना गरेको एक समूह हो। अमेरिकामा बसोबास गर्ने साहित्यिक सर्जकहरूको यस समूहले नेपाली भाषा साहित्यको विकासको लागि विभिन्न रचनात्मक कार्यक्रम गर्नुको साथै यस समूहले विभिन्न साहित्यिक पुस्तकहरूको पनि निरन्तर रूपले प्रकाशन गर्दै आइरहेको छ।

मातृभाषा संरक्षण समूहले प्रकाशन गरेका साहित्यिक कृतिहरूमा समुद्रपारिका कलमहरू, कुलागाङ्ग्रीको फेदीबाट, भुल्नै सकिन, एक अन्जुलि सपना र नारद आचार्य सुदामाको बिछोडिएको मन गजल संग्रह भर्खर प्रकाशनमा ल्याएको छ भने सन् २०१८ मा तीन पुस्तकहरू प्रकाशनमा ल्याउने तयारीमा रहेको छ।

उक्त कार्यक्रममा मातृभाषा संरक्षण समूहले भुटानी साहित्यका अभिभावक तथा साहित्यकार गंगा लामिटारेलाई नगद २५१ डलर सहित सम्मान पत्रले सम्मान गरेको थियो। भुटानी नेपाली साहित्यलाई महत्त्वपूर्ण योगदान गरेको भन्दै उनलाई उक्त सम्मान प्रदान गरिएको हो।

-डिसी नेपालबाट ।

धेरै पढिएको