२१ बैशाख २०८१, शुक्रबार
Follow Us

रानीपोखरी उत्खननको क्रममा फेला पर्यो यस्तो तथ्य

sarusaru
१९ पुष २०७४, बुधबार ०३:१५

काठमाडौँ । रानीपोखरीमा पानी जम्मा गर्न निर्माण गरिएको पर्खाल मल्लकालीन भएको तथ्य फेला परेको छ।

विज्ञ समूह गठन भएको ६ दिनपछि मंगलबारदेखि सो उत्खनन गर्ने क्रममा यस्तो तथ्य फेला परेको हो।

उत्खननका क्रममा ९ किसिमका मल्लकालीन इँट फेला परेको रानीपोखरी पूननिर्माणसम्बन्धी विज्ञ समूहका संयोजक विष्णुराज कार्कीले बताए।

यसलगत्तै पोखरीको चारै सीमाना, बालगोपालेश्वर मन्दिर, मन्दिरसम्म पुग्ने ब्रिजलगायत सम्पूर्ण क्षेत्रको उत्खखन गरिने कार्कीले बताए।
विष्णुराज कार्की पुरातत्व विभागका पूर्वमहानिर्देशक समेत हुन्।

– नेपाल समाचारपत्र दैनिक