२ आश्विन २०८२, बिहीबार
Follow Us

चीनले दियो अमेरिकालाई‘शीतयुद्धकालीन मानसिकता’ त्याग्न चेतावनी

nepalbritain news
२२ माघ २०७४, सोमबार ०३:२२

एजेन्सी । चीनले अमेरिकालाई ‘शीतयुद्धकालीन मानसिकता’ त्याग्न चेतावनी दिएको छ। अमेरिकाले आफ्नो परमाणु हतियार कार्यक्रम ‘साना बम’ मार्फत विकसित गर्ने जनाएपछि आइतबार चीनले चेतावनी दिएको हो।

चिनियाँ रक्षा मन्त्रालयले ‘विश्वकै ठूलो परमाणु हतियार सम्पन्न मुलुकले’ युद्धको मानसिकता छाड्ने पहल गर्नुको साटो विरुद्धमा लागेको भन्दै आलोचना गरेको छ ।

अमेरिकाले आफूसँग भएका हतियारहरू प्रयोग गर्न निकै ठूला भएको भन्दै नयाँ स–साना परमाणु हतियार विकास गर्ने योजना सार्वजनिक गरेको हो । रूसले भने अमेरिकी योजनाको यसअघि नै विरोध गरिसकेको छ ।

अमेरिकाले चीन, रूस, उत्तर कोरिया र इरान आफ्नो सुरक्षा खतराका रूपमा रहेको औंल्याउँदै साना हतियारको आवश्यकता भएको जनाउँदै आएको छ । चीनले आइतबार अमेरिकी योजनाको दृढतापूर्वक विरोध जनाएको हो । चिनियाँ रक्षा मन्त्रालयले आफ्नो रक्षात्मक नीतिको वासिङ्टनले फाइदा उठाएको जनाएको छ ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘हामीलाई आशा छ अमेरिकाले आफ्नो शीतयुद्धकालीन मानसिकता त्याग्नेछ र निशस्त्रीकरण प्रतिको आफ्नो उत्तरदायित्व महसुस गर्नेछ ।’ चीनले यसअघि पनिपटकपटक अमेरिकाको रक्षा रणनीतिको विरोधका लागि ‘शीतयुद्ध’ को सन्दर्भ उल्लेख गर्ने गर्छ।
– कान्तिपुरबाट ।

धेरै पढिएको