११ कार्तिक २०८२, मंगलवार
Follow Us

बलात्कारको आरोपमा एक जना युवक पक्राउ

nepalbritain news
२४ माघ २०७४, बुधबार ०२:३३

धरान । युवतीलाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। धरान २ स्थित संखुवासभा होटलमा बन्धक बनाएर दुई दिनसम्म बलात्कार गरेको भन्दै युवतीले दिएको उजुरीको आधारमा प्रहरीले खोटाङको दिप्रुङ गाउँपालिका ३ का २२ बर्षीय नवीन राइलाई पक्राउ गरेको हो।

युवतीका आफन्तले राइलाई हातपात गरेर दाँत झारिदिएका छन्। पुस १३ मा भएको उक्त घटनाको उजुरी सोमबार मात्र आएको हो।

धनकुटाको चौबिसे घर भई धरानमा बसेर एक कलेजमा अध्ययनरत २० बर्षकी ती युवतीलाई होटलको १०२ नम्बर कोठामा थुनेर बलात्कार गरेको जाहेरीको आधारमा राइलाई प्रहरीले पक्राउ गरेको हो।

सोमबार युवतीका आफन्तले धरानमा राइलाई भेट्दा हातपात गरेर दाँत झारेका छन्। राईमाथि कुटपिटमा संलग्न युवतीका आफन्तलाई पनि कारबाहीका लागि उजुरी दर्ता भएको प्रहरीले बताएको छ।
– कान्तिपुर दैनिक

धेरै पढिएको