२७ बैशाख २०८१, बिहीबार
Follow Us

बिएमसी अस्पतालका मालिक दुर्गा प्रसाईको घरमा ओली र प्रचण्डको वार्ता

नेपालब्रिटेन डट कम्
६ फाल्गुन २०७४, आईतवार ०९:४५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भक्तपुरको सानो ठिमीस्थित बिएमसी अस्पतालका मालिक दुर्गा प्रसाईको घरमा वार्ता जारी छ । ओली र प्रचण्डबीच ‘वान अन वान’ वार्ता भैरहेको छ । पार्टी एकता र सरकार विस्तारमा सहमति जुटाउन दुई शीर्ष नेताबीच भेटवार्ता भैरहेको हो । भक्तपुरको पुरानो ठिमीमा रहेको माओवादी समर्थित व्यवसायीको घरमा दुई नेता एक्लाएक्लै छलफल गरिरहेका छन् । एक हप्ता अघिदेखि नै दुई अध्यक्षले एक्लाएक्लै छलफल गरेपनि पार्टी एकताको विषय टुंगोमा पुग्न सकेको छैन । दुई पार्टीबीच प्याकेजमा नै सहमति गर्ने तयारी छ । पार्टी एकताको टुंगो नलागेसम्म माओवादी सरकारमा नजाने अडानमा छ ।