 nepalbritain news
                    nepalbritain news 
            
            एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पोर्नस्टार स्टार्मी डेनियलसँगको सम्बन्धलाई लिएर एक पटक फेरि विवादमा तानिएका छन्। पोर्नस्टार स्टार्मी डेनियलले ट्रम्प विरुद्ध मुद्दा दायर गरेकी छन्। यद्यपी यसअघि कयौं अन्तर्वातामा डेनियलले आफू र ट्रम्पको सम्बन्धलाई लिएर खुलेर कुरा गरिसकेकी छन्। र, उनले आफू र ट्रम्पबीच कुनै सम्बन्ध नभएको बताइसकेकी छन्।
तर अब पोर्नस्टार स्टार्मी डेनियलले ट्रम्प विरुद्ध मुद्दा नै दायर गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। संचारमाध्यमका अनुसार स्टार्मी र ट्रम्पबीचको सम्बन्धलाई लुकाउनकालागि कुनै प्रकारको हस्ताक्षर नभएको बताएका छन्। जनवरीमा ‘द वाद स्ट्रिल जर्नल’ ले रिपोर्ट प्रकाशित गर्दै भनेको थियो, चुनावका क्रममा राष्ट्रपति ट्रम्पका निजी वकिलले स्टार्मी डेनियललाई मनाउन करिव एक लाख ३० हजार डलरको अफर गरेका थिए। यद्यपी ट्रम्पले डेनियलसँगको सम्बन्धलाई अस्विकार गर्दै आएका छन्।
स्टार्मी डेनियलले अब ट्रम्प विरुद्ध मुद्दा दायर गर्दै कुनै पनि सम्झौतामा हस्ताक्षर नभएको बताएकी छन्। उनले सम्झौतालाई अवैध र विना प्रमाण भएको बताइकी छन्। किनभने त्यसमा ट्रम्पले हस्ताक्षर गरेका छैनन्। डेनियलले ट्रम्पसँग शारीरिक सम्बन्ध भएको स्वीकार गरेकी छन्। तर राष्ट्रपतिसँगको प्रेम सम्बन्धलाई भने उनले अस्विकार गरेकी थिइन्।
डेनियलको सो टिप्पणीप्रति ह्वाइट हासउसले कुनै प्रतिक्रिया दिएको छैन। यद्यपी यसअघि नै यस्ता समाचारलाई लिएर ह्वाइट हाउसले आपत्ति जनाइसकेको छ। डेनियलले ट्रम्पसँग २००६ मा प्रेम सम्बन्ध भएको बताएकी थिइन्। त्यसको एक वर्षपछि ट्रम्पले आफ्नी तेस्री श्रीमती फस्र्ट लेडी मेलानिया ट्रम्पसँग विवाह गरेका थिए।
– डिसी नेपालबाट ।