२३ बैशाख २०८१, आईतवार
Follow Us

राष्ट्रपतिको चुनाव आज : विद्या पुनः दोहोरिदै

नेपालब्रिटेन संवाददाता
२९ फाल्गुन २०७४, मंगलवार ०४:२१

काठमाडौं । नेपाल संघीयतामा गएपछि पहिलो पटक आज राष्ट्र प्रमुख छान्न निर्वाचन हुँदैछ । समग्रमा राष्ट्रपति निर्वाचन हुन लागेको भने यो तेस्रो पटक हो । राष्ट्रपति पदका लागि वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व सांसद कुमारी लक्ष्मी राईले उम्मेदवारी दिनु भएको छ ।

मतदानका लागि आज विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म समय तोकिएको छ । निर्वाचन सकिएलगत्तै मतगणना गरी मत परिणाम सार्वजनिक गरिने प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले बताउनु भएको छ । राष्ट्रपति भण्डारीले दोस्रो कार्यकालका लागि वाम गठबन्धनबाट उम्मेदवारी दिनु भएको हो । राईले नेपाली काँग्रेसबाट उम्मेदवारी दिनु भएको हो । राष्ट्रपति निर्वाचित हुन कम्तिमा २६ हजार २५१ मतभार प्राप्त गर्नु पर्ने छ ।

संघीय संसदका ३३४ सदस्यमध्ये ३३१ सदस्य र सात प्रदेशका ५५० सदस्यमध्ये ५४९ सदस्यलाई मताधिकार छ । संघीय संसदका सदस्यको मतभार ७९ र प्रदेसभाका सदस्यको मतभार ४८ राखिएको छ । संघीय संसदका मतदाताको जम्मा मतभार २६ हजार १४९ र प्रदेशसभाका सदस्यको मतभार २६ हजार ३५४ गरी कुल ५२ हजार ५ सय १ मतभार हुन्छ । विजयी हुन यो जम्मा मतभारको ५० प्रतिशत ल्याउनु पर्ने छ ।