काठमाडौं । गृह मन्त्रालयले सार्वजनिक बिदाका दिन अनुमति लिएरमात्र सरकारी गाडी चलाउन सरोकारवालाहरुलाई निर्देशन दिएको छ । गृह मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गरी सरकारी गाडी दुरुपयोगको धेरै गुनासो आएको भन्दै अनुमति नलिइ बिदाका दिन गाडी नचलाउन निर्देशन दिएको हो । बिदाका दिन सरकारी गाडी चलाउनुपरेमा प्रायोजन र प्रयोग गर्ने व्यक्तिको नाम, पद र सम्पर्क नम्बर खुलाएर पास बनाउनुपर्ने मन्त्रालयले जनाएको छ । यस्तै, सरकारी गाडीमा निजी गाडीकोजस्तो रातो नम्बर प्लेट राखिएको भए तत्काल सेतो प्लेट कायम गर्न पनि आग्रह गरिएको छ । गृह मन्त्रालयले सवारी–साधन दुरुपयोगको जानकारी गराउन टेलिफोन नम्बरसमेत सार्वजनिक गरेको छ ।