२० बैशाख २०८१, बिहीबार
Follow Us

रसुवागढी–काठमाडौं जोड्ने सुरुङ निर्माण गर्न दर्जन चिनियाँ कम्पनी इच्छुक

नेपालब्रिटेन संवाददाता
१३ चैत्र २०७४, मंगलवार ०७:२५

काठमाडौं । रसुवागढीलाई काठमाडौंसँग जोड्ने गरी प्रस्ताव गरिएको टोखा–थानसिङ सुरुङमार्ग निर्माण गर्न चिनियाँ कम्पनीहरु इच्छुक देखिएका छन् । सुरुङमार्ग निर्माणको मोडालिटी टुंगिन बाँकी रहँदा नै चिनियाँ कम्पनीहरुले परियोजनामा चासो देखाएका हुन् । दर्जन भन्दा बढी चिनियाँ कम्पनीले प्रस्ताव पेश गरेको सडक विभागका वैदेशिक महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले जानकारी दिनु भएको छ ।

सबै कम्पनीले ईपीसीएफ मोडालिटीमै निर्माणको प्रस्ताव गरेका छन् । ईपीसीएफ एउटै कम्पनीले वित्तीय स्रोत जुटाएर आफैंले बनाएपछि हस्तान्तरण गर्ने मोडेल हो । परियोजना बनाएबापत सरकारले लागतअनुसार रकम भुक्तानी गर्नु पर्नेछ ।
प्रधानमन्त्री हुनुअघि नै एमाले अध्यक्ष केपी शर्मा ओली रसुवागढी पुगेर काठमाडौंबाट चार लेनको सडक बनाउने बताउनु भएको थियो । सरकारको आगामी नीति तथा कार्यक्रममा यो परियोजना अटाउनेमा सडक विभागमा अधिकारीहरु आशावादी छन् ।