१ श्रावण २०८२, बिहीबार
Follow Us

सिण्डिकेट हटाउने बिरुद्ध ७ नम्बर प्रदेशका यातायात व्यावसायी आन्दोलनमा

nepalbritain news
१७ बैशाख २०७५, सोमबार ११:१७

धनगढी। सिण्डिकेट हटाउन सरकारले चालेको कदमको विरुद्धमा ७ नम्बर प्रदेशका यातायात व्यावसायीहरु आन्दोलनमा उत्रिएका छन्। मनोमानी ढंगले यातायात व्यवसायीलाई मर्कामा पारेको भन्दै आन्दोलनमा उत्रिएका हुन्।

सोमबार दिउँसो एक घण्टा सेती अञ्चल यातायात कार्यालयमा घेराउ गर्दै सरकारले चालेको कदमको बिरोध जनाएका थिए । सरकारले निर्णय फिर्ता नलिए आगामी २० गते यातायातका सवारी साधन संचालन नगर्ने, त्यति गर्दा पनि नभए २६ गतेबाट अनिश्चितकालीन यातायात बन्द गर्ने सुदूरपश्चिम यातायात व्यावसायी समितिका अध्यक्ष पदम सापकोटाले बताए।

धेरै पढिएको