२२ बैशाख २०८१, शनिबार
Follow Us

झपामा बेवारिसे शव फेला

sarusaru
२५ बैशाख २०७५, मंगलवार ०३:५७

बनियानी, झापा- झापाको बिर्तामोडमा एक पुरुषको शव फेला परेको छ ।

बिर्तामोड–७ स्थित बुधबारे हटियाको गोस लाइनमा नाम थर नखुलेको अन्दाजी ५५ वर्षीय एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त पुरुष सोही स्थानमा मागेर गुजारा गर्दै आएका थिए ।

शव परीक्षणका लागि मेची अञ्चल अस्पताल पठाइएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
रासस