२६ बैशाख २०८१, बुधबार
Follow Us

कामी रिता शेर्पाद्वारा २२ पटक सगरमाथा चढेर विश्वकिर्तिमान

नेपालब्रिटेन संवाददाता
२ जेष्ठ २०७५, बुधबार १४:१६

काठमाडौं । २२ पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर कामी रिता शेर्पाले विश्व कीर्तिमान कायम गरेका छन् । आरोहणको चौथो दिन शेर्पाले २२ पटक सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेका हुन् । यस वर्षको वसन्त ऋतुमा उनीसहित ६० भन्दा बढी आरोहीले सगरमाथा को सफल आरोहण गरिसकेका छन । मंगलबार मौसमी खराबीका कारण आरोहण हुनसकेको थिएन । अहिले अनुकूल मौसमका लागि धेरै आरोही प्रतिक्षामा छन् । यो बर्ष तीन सय भन्दा बढि आरोहीले सगरमाथा चढने स्वीकृति लिएका छन् ।