२८ बैशाख २०८१, शुक्रबार
Follow Us

एमाले गोयवल्स शैलीमा उत्रियो : निधि

नेपालब्रिटेन डट कम्
१८ भाद्र २०७३, शनिबार १४:३९

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधन नगरी स्थानीय चुनाव हुन नसक्ने बताउनु भएको छ । काँग्रेस निकट पत्रकारसँगको अन्तरक्रियामा निधिले संविधान संशोधन नभएसम्म चुनावको वातावरण नबन्ने बताउनुभयो ।
चैतमा चुनाव गर्ने गरी संविधान संसोधनबारे अनौपचारिक छलफल चलिरहेको उहाँले बताउनुभयो । संविधानमा विरोधाषभपूर्ण धारा रहेकोले संविधान संशोधन गर्नैपर्ने उपप्रधानमन्त्री निधिको तर्क थियो ।
उहाँले राज्य पुनसंरचना आयोगको प्रस्तावमा सहमति जुटाउन पनि दलहरुबीच छलफल भइरहेको जानकारी दिनुभयो । उहाँले भारतसँग फाष्ट ट्रयाकको बिषयमा कुरै नभएको दावी गर्नुभयो । पहिलो प्राथमिकता नेपाल आफैले बनाउने भन्ने हो, निधिले भन्नुभयो, नसक्दा विदेशीलाई दिने हो, तर कसलाई दिने र नदिने भन्ने कुरामा बहस गरेर निर्माणको काम रोक्न खोज्नु जायज होइन । उहाँले फाष्ट ट्रयाक, भारतीय प्रधानमन्त्रीलाई छुट्टै पत्र दिएको र चिनियाँ राष्ट्रपति नेपाल नआउने भनेर प्रतिपक्षी एमालेले गोयवल्स शैलीमा प्रचार गरेको टिप्पणी गर्नुभयो ।