२२ बैशाख २०८१, शनिबार
Follow Us

विश्वकपका लागि अर्जेन्टिनाको टोली घोषणा

नेपालब्रिटेन संवाददाता
८ जेष्ठ २०७५, मंगलवार ०५:२२

काठमाडौं । आसन्न विश्वकप फुटबलका लागि अर्जेन्टिनाले टोली घोषणा गरेको छ । आउँदो जुन १४ देखि रुसमा सुरु हुने विश्वकप फुटबल २०१८ का लागि घोषणा गरिएको टोलीमा अग्रपंक्तिका लियोनल मेस्सीसहित २३ खेलाडी छन् । जसमा सर्जियो अग्युरो, पाउलो डिबाला र गोन्जालो हेगुइनसहितका प्रमुख खेलाडी छन् ।
तर, इटालियन सिरी ए फुटबल क्लब इन्टर मिलानका माउरो आइकार्डी भने टोलीमा पर्नु भएको छैन । अर्जेन्टिनाका प्रशिक्षक योर्गे साम्पाओलीले घोषणा गरेको टोलीमा म्यानचेस्टर सिटीका अग्युरोसँगै इंग्लिस प्रिमियर लिगमा खेल्ने ६ खेलाडी परेका छन् ।
अर्जेन्टिनाले विश्वकप अभियानको सुरुवात आउँदो १६ मा पहिलो पटक विश्वकप खेल्न लागेको टिम आइसल्यान्डसँग प्रतिस्पर्धा गरेर सुरु गर्नेछ ।