१ जेष्ठ २०८१, मंगलवार
Follow Us

विश्वविजेता जर्मनी अस्ट्रियासँग हा-यो

नेपालब्रिटेन संवाददाता
२० जेष्ठ २०७५, आईतवार ०६:४३

मस्को । रुस विश्वकपको मुख्य दाबेदारको रुपमा हेरिएको विश्व विजेता जर्मनी अस्ट्रियासँग पराजित भएको छ । विश्वकप फुटबल सुरु हुन ११ दिन मात्रै बाँकी छ । त्यही विश्वकपको पूर्व तयारी स्वरुप भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनी अस्ट्रियासँग २–१ ले हारेको हो ।

क्लागनफर्टमा वर्षाका कारण ढिला गरी सुरु भएको खेलमा सुरुवाति अग्रता भने जर्मनीले लिएको थियो । ११ औँ मिनेटमा मेसुट ओजिलको गोलबाट जर्मनीले पहिलो हाफमा १–० को अग्रता लियो ।

\तर दोस्रो हाफमा अस्ट्रियाले गोल ग¥यो । उसका लागि ५३ औँ मिनेटमा मार्टिन हिन्टरेगरले बराबरी गोल फर्काउनु भयो । ६९औँ मिनेटमा एलेसान्ड्रो शफले गोल गर्दै अस्ट्रियालाई २–१ को जित दिलाउनु भयो । अस्ट्रियाले १० औँ खेलमा जर्मनीमाथि पहिलो पटक जित दर्ता गरेको हो ।

यो खेललाई जर्मनीका गोलरक्षक म्यानुएल नुएरको कमब्याकको रुपमा पनि हेरिएको थियो । गएको सेप्टेम्बरमा खुट्टा भाँच्चिएपछि मैदान बाहिर रहेका नुएर यहि खेलबाट खेलमा फर्किए ।

विश्वकपका लागि चार पर्षअघिको विजेता जर्मनी समूह ‘एफ’ मा छ । यो समूहमा मेक्सिको, स्वीडेन र दक्षिण कोरिया रहेका छन् । जर्मनीले जुन १५ मा मेक्सिकोसँग खेलेर विश्वकप यात्राको सुरुवात गर्नेछ ।