७ भाद्र २०८२, शनिबार
Follow Us

फेवातालमा फेरि अर्को दुर्घटना

nepalbritain news
२८ जेष्ठ २०७५, सोमबार ०४:०९

काठमाण्डौ-तिब्र हावा हुरी र भरि बर्षाका कारण सराङकोटबाट उडेका प्याराग्लाइडिङहरु अनियन्त्रित भइ फेवातालमा खसेको छ।

प्याराग्लाइडिङ् गर्ने क्रममा फेवा तालमा खसेकाहरुको सशस्त्र प्रहरी बल नेपालले सकुशल उद्धार गरेको छ। लेखनाथ महानगरपालिका १८ सारङ्कोटबाट प्याराग्लाइडिङ् गर्ने क्रममा एक्कासी आएको हावा हुरीको कारण अनियन्त्रित भई उनीहरु फेवातालमा खसेका थिए।

उक्त दुुर्घटनाबारे जानकारी पाउन साथ सशस्त्र प्रहरी बल नेपाल कालिका गण मालेपाटन पोखराबाट फेवाताल रेस्क्यू टावरमा खटिएको एपीएफ टोली तत्कालै घटनास्थल पुगी उद्धार कार्यमा जुटेको हो र सबैको सकुशल उद्धार गरिएको हो।
डिसी नेपाल

धेरै पढिएको