काठमाडौं । परराष्ट्र मन्त्रालयले चिनीयाँ राष्ट्रपति सी जिनपिङको भ्रमण स्थगित नभएको जनाएको छ । संचार माध्यममा चिनीयाँ राष्ट्रपति सीको भ्रमण स्थगित भएको समाचार प्रकाशन प्रसारण भएपछि मन्त्रालयले विज्ञप्ति निकालेर त्यसको खण्डन गरेको हो । भ्रमण स्थगित भएको भन्ने समाचारमा सत्यता नरहेको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । भ्रमणका बारेमा नेपाल सरकारले आवश्यक तयारी नगरेको भन्ने विषयमा पनि सत्यता नरहेको मन्त्रालयले जनाएको छ । तर मन्त्रालयले भ्रमणको तयारी के भएको थियो र कहिले भ्रमण हुने हो भन्ने विषयमा भने कुनै कुरा उल्लेख गरेको छैन । चिनीयाँ राष्ट्रपतिले अर्को महिना भ्रमण गर्ने बताइँदै आएको छ ।