काठमाडौं । रौतहटको माधवनारायण नगरपालिका–६ माधवपुरकी २६ वर्षीया रूवीकुमारी साहको शव सुटकेशभित्र भेटिएको घटनामा संलग्न आरोपी जलेको अवस्थामा फेला परेका छन् ।
रौतहट प्रहरीका सूचना अधिकारी डिएसपी राजु कार्कीले जिल्लाको माधवनारायण नगरपालिका–६ माधवपुरका लक्ष्मण पासवान बिसुनपरवा–मानपुर सडक खण्डमा जलेको अवस्थामा भेटिएको बताए । कार्कीका अनुसार पासवानले आफैंले आफ्नो शरीरमा आगो लगाएका थिए । घाइते अवस्थामा भेटिएका पासवानको गरुडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
पासवानले हत्यामा आफू संल्न रहेको स्वीकार गरिसकेका छन् । पासवान कसरी जले भन्नेबारे खुलेको छैन । रौतहटको गौर नगरपालिका–९ मा शनिबार सुटकेसभित्र रुवीकुमारीको शव भेटिएको थियो । भारत विवाह गरेर गएकी उनी छोरा पठाउन गौर बस्दै आएकी थिइन् ।