२२ बैशाख २०८१, शनिबार
Follow Us

ट्र्याक्टर पल्टिएर किच्दा चालकको मृत्यु

sarusaru
२५ असार २०७५, सोमबार ०२:४०

लहान – सिरहाको धनगढीमाई नगरपालिका–७ मा आज साँझ खेत जोत्ने क्रममा ट्र्याक्टर पल्टिएर किच्दा चालकको मृत्यु भएको छ ।

खेत जोत्ने क्रममा स१त ३०८३ नंको ट्र्याक्टर पल्टेर किच्दा चालक धनगढीमाई नगरपालिका–७ निवासी १७ वर्षीय सञ्जय महतोको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको शव परीक्षणका लागि लहानस्थित अस्पताल ल्याइएको र दुर्घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । यसअघि गत शुक्रबार पनि सिरहाको बरियारपट्टि गाउँपालिका–२ स्थित जानकीनगरमा खेत जोत्ने क्रममा स.१त ३१९० नंको ट्र्याक्टर पल्टिएर किच्दा चालक स्थानीय ३४ वर्षीय उदय मण्डलको घटनास्थलमै मृत्यु भएको थियो ।
रासस