८ भाद्र २०८२, आईतवार
Follow Us

विश्वकपमा भविष्यवाणी गर्ने बिरालोको हत्या

nepalbritain news
२५ असार २०७५, सोमबार ०४:५३

रसिया विश्वकप फुटबल प्रतियोगितामा सफल भविष्यवाणी गरेर चर्चामा आएको एक बिरालोको हत्या गरिएको आश‌कामा प्रहरीले अनुसन्धान सुरु गरेको छ।समुह चरणमा प्राय सवै खेलका भविष्णवाणी मिलाएर चर्चित बनेको एक खैरौ बिरालोको निधन भएपछि रसियन प्रहरीले त्यसको अनुसन्धान गर्ने जनाएको छ। ‘बिरालोको निधन कसरी भयो भन्ने अहिले अनुसन्धानको विषय बनेको छ। हामी त्यसको अनुसन्धान गर्छै।’ एक रसियन अधिकारीले भने।विरोलाले अन्तिमपटक अर्जेन्टिना र नाइजेरियाबीचको खेल भविष्यवाणी गरेको थियो। त्यो भविष्यवाणिको दुई सातापछि उसको निधन भयो। खेल हुनु एक दिनअघि बिरालोको अगाडि दुई वटा कचौरा राखिन्थ्यो। दुवै कचौरा अगाडि झन्डा पनि हुन्थ्यो। कचौरामा केही खानेकुरा पनि हुन्थ्यो। बिरालोले जुन कचौराको खाना खान्थ्यो, खेलमा जित त्यसैको हुने गरेको थियो।

धेरै पढिएको