८ भाद्र २०८२, आईतवार
Follow Us

पोखरामा ओलीलाई कालो झन्डा

nepalbritain news
४ श्रावण २०७५, शुक्रबार ०२:५२

काठमाडौँ । नेविसंघका विद्यार्थीले पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झन्डा देखाएका छन्।

प्रम ओली गण्डकी प्रदेशमा सम्बोधन गर्न आएपछि नेविसंघ कास्कीले विरोधस्वरुप कालो झन्डा देखाएको हो।

डा। गोविन्द केसीको मागमा सरकार जिम्मेवार नभएको बताउँदै नेविसंघ केन्द्रीय सदस्य भानु ढकालले मूल्य वृद्धि फिर्ता नलिएसम्म आन्दोलन नरोकिने चेतावनी समेत दिएका छन्।

तानाशाही ओली शासनले आम जनताको पसिना र रगत खाने काम भएको भन्दै डा गोबिन्द केसिको जीवन रक्षासहित विकासको नाममा जनताको विनास गर्न नहुने नेविसंघ विकास थापाले बताए।

उखान टुक्का र छलकपटको भरमा देश नचल्ने बताउँदै आन्दोलन थप चर्काउने थापाले बताए।
नेपाल समाचारपत्र दैनिकले

धेरै पढिएको