८ भाद्र २०८२, आईतवार
Follow Us

जापानमा बाढीपहिरो र गर्मीका कारण २१६ जनाको मृत्यु

nepalbritain news
४ श्रावण २०७५, शुक्रबार ०६:५९

टोकियो । जापानमा बिगत केही दिनदेखि परेको अविरल बर्षा र बाढी पहिरोका कारण मुत्यु हुनेको संख्या २१० पुगेको छ भने गर्मीका कारण ६ जनाको मृत्यु भएको जापानी सञ्चार माध्यमले जनाएका छन्।

बाढीपहिरोको समाधान हुन नपाउँदै अत्यधिक गर्मीले १५ सय जनालाई अस्पताल भर्ना गरिएको जापानी सञ्चार माध्यमले जनाएका छन्।

क्योतो समाचार संस्थालाई ऊध्रित गर्दै जापानी समाचार संस्थाका अनुसार ३/४ दिनको अन्तरमा ६ जनाको मृत्यु भएको हो। मौसम ऐजेन्सीका अधिकारीले यो हप्तासम्मै ऊच्च तापक्रम रहने जनाएका छन्।

जापानी समाचार संस्था जापान टाईम्सका अनुसार सोमबार सबैभन्दा बढी गीफु प्रिफेक्चरको ईबिगावा नगरमा ३९.३ डिग्री तापक्रम मापन गरिएको थियो।
डिसी नेपाल

धेरै पढिएको