८ भाद्र २०८२, आईतवार
Follow Us

बंगलादेशमा पहिलोपटक नेपाली विद्यार्थीद्वारा दन्त शिविरको आयोजना

nepalbritain news
६ श्रावण २०७५, आईतवार ०४:१२

बंगलादेश । ढाकास्थित नेप्लिज मेडिकल स्टुडेन्ट्स एसोसिएसन बंगलादेशका डेन्टल यूनिटका डॉक्टरहरूले निःशुल्क दन्त शिविरको आयोजना गरेका छन्।

ढाकाखिलखेत स्थित कूर्मिटोला हाई स्कूल एन्ड कलेजमा बिहीबार संचालन भएको उक्त शिविरमा ६ वटा डेन्टल कलेजका ४५ डाक्टर र बिल्टअप अवेरनेस संस्थाका १० गरी जम्मा ५५ जना डाक्टरहरूको उपस्थिति रहेको थियो।

शिविरमा ४०० जनाको सफलतापूवर्क दन्त परिक्षण तथा उपचार गरिएको कार्यक्रम संयोजक एवं आयोजक संस्थाका उपाध्यक्ष रमन कार्कीले जानकारी दिए।

नेपाली राजदुतावासका डेप्युटी चीफ़ धन बहादुर ओलीको प्रमुख आतिथ्यता तथा बिल्ट अप अवारनेसका सभापतिको विशेष अतिथिमा आयोजना गरिएको सो शिविरमा स्कुल प्रशासन एवं अन्य डाक्टरहरुको उपस्थिति रहेको थियो ।

शिविरलाई सम्बोधन गर्दै नेपाली राजदुतावासका प्रतिनिधि धन बहादुर ओलीले आयोजकको प्रसंशा गर्दै आगामी दिनहरुमा पनि यस्ता कार्य गर्न हौसला प्रदान गरे।

शिविरमा आयोजक संस्थाबाट उपाध्यक्ष रमन कार्की ,सचिव सयिन लाल प्रधान, सदस्यहरु मेघा केसी ,जेनिया रार्इ, श्वेता शर्मा ,पुरुषोतम पाण्डे , अविनाश सहनी एवं बिल्ट अप अवारनेसका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

बंगलादेशमै पहिलोपटक नेपाली विद्यार्थीद्वारा आयोजना गरिएको यो शिविरलाई मेडी प्लस र एवेरेस्ट टुर्सले प्रायोजन गरेको थियो।

धेरै पढिएको