२० बैशाख २०८१, बिहीबार
Follow Us

नेपाली विद्यार्थीले बनाए होटल र रेष्टुरेन्टमा काम गर्न सक्ने रोबोट (भिडियो)

sarusaru
१४ श्रावण २०७५, सोमबार ०६:४१

विश्व विकशित हुँदै जाँदा विभिन्न काम गर्न सक्ने रोबोटहरु बनेको हामीले सुन्दै र देख्दै आएका छौं । तर पछिल्लो समय नेपालमा पनि यस्तो रोबोटको विकास गरिएको छ जसले होटल तथा रेस्टुरेन्टमा सेवा दिन सक्छ ।

यो रोबोट विदेशबाट आयात गरिएको होइन । नेपालमै इन्जिनियरिङ पढने विद्यार्थीहरुले बनाएको रोबोट हो । पुलचोक इन्जिनियरिङ क्याम्पसमा अध्ययन गरेका पाँच जना विद्यार्थीहरुले होटल र रेष्टुरेन्टमा काम गर्न सक्ने जिन्जर र फेरी नामको रोबोट बनाएका हुन् । जिन्जरले खाना सर्भ गर्न सक्छ भने फेरीले पानी, जुश लगायतका पेय पदार्थ सर्भ गर्न सक्छ ।

विद्यार्थीहरुले २ वर्ष लगाएर १ करोड ५० लाखको लागतमा रोबोट बनाएका हुन् । उनीहरुले रोवटले १८ घण्टासम्म काम गर्न सक्ने बताएका छन् । रेष्टुरेण्ट व्यवसायलाई डिजिटल प्रविधिमा रुपान्तरण गर्न सक्ने गरि रोबोट निर्माण गरिएको छ । उनीहरुले नेपालमा यसको प्रयोग गर्न सके विदेशी पर्यटकहरुलाई समेत आकर्षण गर्न सकिने उनीहरुले बताएका छन् ।

उनीहरुले आफैले बनाएको रोबोटको विक्री गर्न नसकेपछि आफैले काठमाडौंको दरबारमार्गमा रेष्टुरेन्ट खोलेर प्रवद्र्धनमा जुटेका छन् । रोजगारको अवसर सँगै आम्दानीको स्रोत हुने भएपछि उनीहरुले रोबोटको प्रयोग आफैले गरेका हुन् ।