९ भाद्र २०८२, सोमबार
Follow Us

पार्किङ गरी राखेका दुई वटा ट्रकमा आगजनी

nepalbritain news
२९ श्रावण २०७५, मंगलवार ०५:५१

नवलपरासी । नवलपरासीको गैंडाकोटमा दुईवटा ट्रकामा आगजनी भएको छ।

गैंडाकोटस्थित भृकुटीचोकमा पार्किङ गरी राखेका ना २ ख ८४८७ र ना २ ख २५४८ नम्बरका ट्रकमा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ। नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ताले ट्रकमा आगजनी गरेको हुनसक्ने प्रहरीको अनुमान छ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज नेपाल बन्दको आह्वान गरेको छ। बन्दको प्रभाव सामान्य रुपमा देखिएको छ।
डिसी नेपाल

धेरै पढिएको