१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एक करोड ३१ लाख ठगी गर्ने पक्राउ

नेपालब्रिटेन संवाददाता
२५ भाद्र २०७५, सोमबार १५:१५

काठमाडौं । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले जापानमा सरकारी कोटामा कृषिसम्बन्धी काममा पठाइदिने भन्दै रु एक करोड ३१ लाख ५० हजार ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

ब्यूरोको टोलीले दनुवार विमान सेक्युरिटी एण्ड सर्भिस प्रालिको अध्यक्ष भनी जापान पठाइदिने भन्दै ठगी गर्ने सिन्धुपाल्चोकका ३३ वर्षीय सविनप्रकाश दनुवारलाई बसुन्धराबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक सानुराम भट्टराईले २८ जनासँग प्रतिव्यक्ति रु सात लाखदेखि १२ लाखसम्म ठगी गरेको अनुसन्धानमा खुल्न आएको जानकारी दिनुभयो । दनुवारलाई थप अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालत बुझाएको छ ।

सोही मुद्दामा पीडितको उजुरीका आधारमा ब्यूरोले नुवाकोटका ३३ वर्षीय सरिता गुरुङ र उदयपुरका २३ वर्षीय लालमणि दनुवारलाई यसअघि नै पक्राउ गरेको थियो । अनुसन्धानपश्चात ठगी मुद्दामा काठमाडौँ जिल्ला अदालतको आदेशले रु १० लाख धरौटी माग गरेकामा गुरुङ तिर्न नसकी कारागार चलान भएकी थिइन् भने दनुवार धरौटी राखेर तारिखमा छुटेका थिए ।