२९ असार २०८२, आईतवार
Follow Us

गल्कोट समाज जापानले भूकम्प प्रभावित क्षेत्रमा पक्की बिधालय भबन गराउने

नेपालब्रिटेन डट कम्
१ आश्विन २०७३, शनिबार २३:०१

सामाजिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान गराउन सफल जापानमा बिभिन्न पेसा ब्यबसाय अध्ययन तथा रोजगार गरिरहेका गल्कोटेहरु को साझा सस्था गल्कोट समाज जापानले आगामी अग्रेजी नयाँ बर्षमा बृहत सांगीतिक धमाका गर्ने निर्णय गर्यो ।
भूकम्प प्रभावित क्षेत्र तथा पिछडिएको क्षेत्रको पहिचान गरि उच्च आबस्यकता भएको स्थानमा ७ कोठे पक्कि बिधालय भबन निर्माण गर्ने अत्यन्त महत्वाकांशी योजना सहित समाजले अग्रेजी नया बर्षमा कार्यक्रम गर्न लागेको हो । यस संगै गल्कोट क्षेत्रमा सभाहल तथा पर्यटन क्षेत्रमा पनि क्रमिक सहयोग गर्दै जाने समाजको बैठक ले निर्णय गरेको छ । संगै उक्त बिधालय भबन बनाउने उपयुक्त स्थानको पहिचान तथा अन्य आबस्यक प्रक्रियाको लागि अध्ययन गर्न उपाध्यक्ष भवानी पन्तलाइ जिम्मादिएको जानकारी सस्थाका महा-सचिब सम्मर बस्नेतले बताउनु भयो ।
आगामी कार्ययोजनाका बारेमा समाजका महासचिब बस्नेतले भन्नुभयो : बिगतमा बिभिन्न चरणमा गल्कोट क्षेत्रमा बिभिन्न क्षेत्रमा काम गरिएता पनि यो पटक अलिक फराकिलो ढंगले सोचिएको र सोहि अनुसार अहिले गल्कोट क्षेत्र बाहिर शिक्षा क्षेत्रमा काम गर्ने सोच गराएको बताउनु भयो । गल्कोट समाज जापान गल्कोटेको सस्था हो तर यसको कार्य क्षेत्र गल्कोट मात्र होइन भन्ने आम जापान बासि नेपालीहरुमा आभाष दिलाउन समेत चाहन्छौ ।
गल्कोट समाज जापान को २०१६-२०१८ कार्यकालको प्रथम पूर्ण बैठक ओसाकास्थित इन्डियन रेष्टुरेन्ट जिग्री मा मिति २०१६/०९/१५ का दिन समाजका अध्यक्ष नरब. थापाको अध्यक्षतामा बसेको थियो । उक्त बैठकले यस संगै बिभिन्न महत्वपूर्ण निर्णय गरेको छ । बिभिन्न महत्वपूर्ण निर्णय हरु गर्दै सम्पन्न गरियो ।
कायक्रम जापानका प्रमुख ३ शहरमा क्रमश : जनवरी १ ओसाका, डिसेम्बर ३१ नागोया, जनवरी २ टोकियोमा नेपालका ख्याती प्राप्त कलाकारलाइ आमन्त्रण गरि गर्ने निर्णय गरेको छ । नयाँ बर्षको कार्यक्रम को लागि बिभिन्न उपसमिति हरु समेत गठन गरेको समाजले जनाएको छ ।
अग्रेजी नयाँ बर्षको कार्यक्रम ३ शहरमा भब्य सम्पन्न गर्न को लागि समाजका बरिष्ठ उपाध्यक्ष दिलु खत्रीको सयोज्कत्वमा मूल समिति गठन गरेको छ जसको सदस्यहरुमा याम खत्री (नागोया ) ,दिपक के सी ( नागोया) तेज चालिसे (ओसाका) सुमित खत्री ओसाका, कालिका थापा (टोकियो) निम खड्का टोकियो, रत्नसिह बस्नेत (टोकियो) चन्द्र खत्री(टोकियो) रहनु भएको छ ।
कार्यक्रमको आर्थिक समिति सस्थाका कोषाध्यक्ष बिजय भण्डारी सयोजक रहने गरि १२ सदस्यीय आर्थिक ब्यबस्थापन समिति गठन गरेको छ जसको सदस्यहरुमा आत्मराम शर्मा गैरे, दिलु खत्री, रामु चालिसे, डिलाराम सापकोटा , नर ब. थापा, रमेश गौतम, धन ब. खत्री , नर ब. थापा, डिलाराम गैरे, लोकेश खत्री, भिम क्षेत्री रहनु भएको छ । भने समाजका उपाध्यक्ष भवानी पन्त को सयोजकत्वमा प्रचार प्रसार समिति गठन गरेको छ जसको सदस्यमा सम्मर बस्नेत र नबिन न्यूउरे रहेका छन् ।
संगै समाजले आफ्नो सदस्यतालाइ व्यापकता गराउने निर्णय गरियो, त्यसको लागि महासचिबको सम्मर बस्नेतलाइ जिम्मा दिदै उहाले आबस्यक साथीहरुलाइ टिममा जोडी परिचालन व्यापकता ल्याउने निर्णय गरेको छ । यसै गरि समाजको सबै क्षेत्रमा क्षेत्रिय अधिबेशन आगामी अक्टुबर १० तारिख सम्म सम्पन्न गर्ने निर्णय गरियो ।
गल्कोट समाज जापानले निबर्तमान अध्यक्ष हर्क थापाको ५ सदस्यीय लेखा समितिको गठन गरेको छ जसको सदस्यमा भवानी पन्त, बिजय भण्डारी, मोहन खत्री र आत्मराम शर्मा गैरे रहनु भएको छ ।
समाजले आपतकालीन कोषका लागि ५० मान छुट्टाएको छ भने आगामी समाजको आम्दानीको ५ प्रतिशत रकम आपतकालिन कोषमा जम्मा गर्ने निर्णय गरेको छ । संस्थाको विधान संसोधनको लागि संयोजक तेजेन्द्र थापा सदस्यहरु भवानी पन्त, सम्मर बस्नेत, तेज चालिसे, विधान संसोधन गरि आगामी बैठकबाट अनुमोदन गर्दै साधारणसभा बाट पारित गर्ने निर्णय समेत गरेको छ ।

धेरै पढिएको