९ भाद्र २०८२, सोमबार
Follow Us

हङकङमा स्याङ्जा भिरकोटे कलाकारलाई सम्मान

nepalbritain news
२५ आश्विन २०७५, बिहीबार १२:२२

हङकङ । हङकङमा स्याङ्जा भिरकोटे कलाकारलाई विभिन्न संघसस्था तथा व्यक्तिहरुले सम्मान गरेका छन्।

सन् २००८ मा स्याङ्जा जिल्लाको साबिक क्षेत्र नम्बर २ स्थित रामबाच्छाबाट हङकङ आई बसोबास गरिरहेका तमुहरुलाई समेट्दै स्थापना गरिएको समाज भिरकोट आठ्थर तमु समाज स्याङजा हङकङले १० औं वर्ष पूरा गरी ११ औं वर्षमा प्रवेश गरेका अवसरमा भिरकोट आठथर साङ्गीतिक कार्यक्रम -२०१८ को आयोजना गरेको थियो। कार्यक्रममा नेपालबाट नव प्रतिभा तथा लोक भाका, लोक संस्कृतिलाई लोक गायन मार्फत प्रस्तुत गर्ने कलाकार चयन गरी हङकङ बोलाइएको थियो। यसै क्रममा नेत्र गुरुङ, किसु गुरुङ, शितला गुरुङले आ आफ्नो प्रस्तुती दिएका थिए।

यसै क्रममा यी नव प्रतिभा तथा कलाकारलाई हङकङ प्रवेश गरे लगतै हङकङमा रहेका समाज, संघसंस्था र बिभिन्न ब्यक्तित्वहरुले भेट्घाट तथा सम्मान गरेका छन्।

सम्मानकै क्रममा तमु प्ये ल्हु संघ हङकङ, अकलादेवी समाज स्याङ्जा हङकङ, भारतीय गोर्खा भूपू सैनिक संघ हङकङ, ल्होमैं परिवार हङकङका प्रतिनिधि कृष्ण कुमार गुरुङ, बेरुट रेष्टुरेन्ट एण्ड बार सेन्ट्रलका सञ्चालक ईश्वर गुरुङ र सन्ध्या गुरुङ, नेपाल रेष्टुरेन्ट सेन्ट्रलका सञ्चालक भिम प्रसाद काफ्ले यसैगरि आयोजक भिरकोट आठथर तमु समाज स्याङ्जा हङकङले कार्यक्रम पश्चात बेरुट रेष्टुरेन्टमा एक रात्री भोजको आयोजना गर्दै बिदाई तथा सम्मान गरेका थिए।
डिसी नेपाल ,

धेरै पढिएको