२ श्रावण २०८२, शुक्रबार
Follow Us

महिलालाई बलात्कार गर्ने पुरुष पक्राउ

nepalbritain news
७ मंसिर २०७५, शुक्रबार ०३:३४

भक्तपुर । एक ५० वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा महानगरीय प्रहरीबृत्त थिमिले ५५ वर्षीय पुरुषलाई पक्राउ गरेको छ।

मध्यपुरथिमि नगरपालिका–६ बाहाखा बजारमा जुत्ताचप्पल पसल सञ्चालन गर्दै आएका मध्यपुरथिमि नगरपालिका–६ बस्ने ५५ वर्षीय कमल श्रेष्ठलाई बलात्कार अभियोगमा प्रहरीले पक्राउ गरेको हो।

श्रेष्ठले पसल सञ्चालन गर्दै आएको घरमा भाडामा बस्दै आएकी महिलालाई असोज १६ गते श्रेष्ठले पसलभित्र रहेको अर्को कोठामा लगेर जबर्जस्ती बलात्कार गरेको पीडित महिलाले जाहेरी दिएपछि पक्राउ गरी आजै म्याद थप गरी अनुसन्धान शुरु गरेको प्रहरी नायब उपरीक्षक मिलन केसीले जानकारी दिए।
डिसी नेपाल

धेरै पढिएको