११ भाद्र २०८२, बुधबार
Follow Us

३८ दिनदेखि निगमको जहाज मलेसियामा अलपत्र

nepalbritain news
१९ मंसिर २०७५, बुधबार ०३:४१

काठमाडौँ । सामान्य मर्मत गर्न भन्दै मलेसिया पठाएको नेपाल वायुसेवा निगमको जहाज ३८ दिनदेखि मलेसियामै अलपत्र परेको छ।

गण्डकी नाम दिइएको उक्त बोइङको इन्जिन एक्सरे गराउन भन्दै गत कार्तिक ११ गते मलेसियाको क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको विमान अहिले अलपत्र अवस्थामा छ।

क्लालामपुरस्थित निगमको विमान मर्मत गर्ने जिम्मा लिएको डेभिएसन कम्पनीले इन्जिन एक्सरे गर्दा थप प्राविधिक गडबडी देखाएको र मर्मतका लागि करिब २ लाख अमेरिकी डरलर अर्थात २ करोड भन्दा बढि रकम लाग्ने जनाएको छ।

अहिले दिनप्रतिदिन पार्किङ शुल्क थपिँदै गएको छ भने ठुलै रकम लाग्ने भएपछि निगमले पनि यस विषयमा कुनै निर्णय लिन नसकेको स्रोतलाई उदृत गर्दै कान्तिपुरले जनाएको छ।
डिसी नेपाल

धेरै पढिएको