१८ बैशाख २०८१, मंगलवार
Follow Us

लिभरपुल च्याम्पियन्स लिगको अन्तिम १६ मा

नेपालब्रिटेन संवाददाता
२६ मंसिर २०७५, बुधबार ०६:०७

लन्डन । मोहम्मद सलाहको गोलमा इंग्लिस क्लब लिभरपुल युईएफए च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको समूह सी को अन्तिम खेलमा लिभरपुलले नेपोलीलाई १–० गोलको जित निकाल्दै च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाएको हो ।

लिभरपुललाई महत्वपूर्ण जित दिलाउन मोहम्मद सलाहले निर्णायक गोल गरे । खेलको ३४ औं मिनेटमा गोल गर्दै सलाहले लिभरपुललाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलले अघि रहेको लिभरपुलले दोस्रो हाफमा पनि आफ्नो अग्रतालाई कायमै राख्दै जित हात पारेको हो । प्रिक्वाटरफाइनलमा प्रवेश गर्नका लागि लिभरपुललाई जित अनिबार्य थियो ।

नेपोली भने समूह चरणबाटै बाहिरिएको छ । ६ खेलबाट ९ अंक बनाएको लिभरपुलले समान खेलबाट ९ अंक नै बनाएको नेपोलीसँग हेड टु हेडमा अघि रहँदै अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो ।