३२ असार २०८२, बुधबार
Follow Us

सिर्जनशील लेखक घायलश्रीलाई साहित्यश्री सम्मान

nepalbritain news
१ पुष २०७५, आईतवार ०६:१७

काठमाण्डौ – म्याग्दीलाई कार्य क्षेत्र मानेर साहित्यिक क्षेत्रमा क्रियाशील युवा सर्जक घायलश्री लाई साहित्यश्री सम्मानबाट सम्मानित भएका छन् । भारतमा आयोजना गरेको मेरठ साहित्य महोत्सवको अवसर पारेर नेपाली साहित्यको लेखन र पत्रकारिता क्षेत्रमा बिशेष योगदान पुर्याएबापत् घायलश्रीलाई मेरठ साहित्यले सम्मान गरेको हो ।

पर्वत घर भएपनी म्याग्दीमा रहेर बिगत केही समय देखि निरन्तर साहित्यका बिबिध विधामा कलम चलाउँदै ,संस्थागत साहित्यको विकासमा अतुलनीय योगदान पुर्‍याउँदै आएका घायलश्रीका विभिन्न विधामा गरेर चार कृतिहरु प्रकाशन भएका छन् । बुलबुल साहित्यिक पत्रीकाका सम्पादक तथा म्याग्दी साहित्य संचार र अनेसास धौलागिरी कार्य समितिका अध्यक्ष समेत रहेका घायलश्री यहीँ मंसिर २४ ,२५ ,र २६ सम्पन्न भएको कार्यक्रममा नेपालबाट प्रतिनिधितव गरेका हुन् ।

कार्यक्रममा नेपाल ,भूटान,भारत, बङ्लादेश,रूस ,नर्वेका प्रतिनिधि साहित्यकारहरूको उपस्थित रहेको थियो ।

भाषा,साहित्य ,कला र संस्कृतिलाई संरक्षण गरि अन्तर्राष्ट्रिय स्तरमा स्रष्टाहरूको परिचय गराउँदै तिनीहरूको ब्यक्तित्व र कृतित्व माथि चर्चा गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कवि तथा उद्योगपति वसन्त चौधरीको प्रमुख आतित्यतामा सम्पन्न उक्त कार्यक्रममा नेपालका तर्फबाट प्रतिनिधित्व गर्ने मध्येबाट सनत रेग्मी ,केशवराज आमोदी, कलानीधि दहाल, पोष्टराज चापागाईं गोर्खे साइलो लगायतको विशिष्ट अतिथिको रूपमा मन्तब्य व्इक्त गरेका थिए । विभिन्न विधाका कृतिहरु समेत बिमोचन गरिएको उक्त कार्यक्रममा दर्जनौँ साहित्यकारहरुले आआफ्नो सिर्जना वाचन गरेका थिए ।

धेरै पढिएको