मुम्बई । बलिउड अभिनेत्री तब्बुले एउटा महत्वपुर्ण उपलब्धी हासिल गरेकी छिन् । जसअनुसार अब अभिनेत्री तब्बुको अनुमति बिना उनका आवाज वा तस्विर प्रयोग गरेर कुनै पनि सामग्री बनाउन रोक लागेको छ ।
आफ्नो ‘पर्सनालिटी राइट्स’ अर्थात व्यक्तित्वसम्बन्धी अधिकारको संरक्षणको माग गर्दै तब्बुले दिल्ली उच्च अदालतमा निवेदन दर्ता गराएकी थिइन्। यस विषयमा फैसला सुनाउँदै उच्च अदालत, दिल्लीले उनको अनुमतिबिना उनको आवाज वा तस्बिर प्रयोग गरेर एआईमार्फत परिमार्जित सामग्रीतयार पार्नेहरू विरुद्ध कारबाही गर्न आदेश दिएको छ।
तब्बुले अदालतलाई जानकारी गराए अनुसार उनको सहमतिबिना तयार पारिएका उनीसम्बन्धी विभिन्न एआई निर्मित तस्बिर तथा भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका थिए। यसै सन्दर्भमा अदालतले त्यस्ता १५० भन्दा बढी लिङ्क र सामग्रीहरू हटाउन आदेशसमेत दिएको छ।